PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आर्मी र प्रहरीको जित



पहिलोपोस्ट

​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आर्मी र प्रहरीको जित

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले आइतबार जित हात पारेका छन्।

सुनसरीको दुहबी रंगशालामा भएको समूह 'क' को पहिलो खेलमा प्रहरीले सुदूरपश्चिमाञ्चललाई ३-० गोलले पराजित गर्‌यो। विजयी टिमका लागि ‘वुमन अफ द म्याच’ निरु थापाले पाचौं, यशुदा लामाले ३१ औं र रुपा मगरले ४९ औं मिनेटमा गोल गरे।

समूह 'ख' खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३-० ले नै हरायो। आर्मीका लागि पूजा राना मगरले तेश्रो, भूजंगा राईले २४ औं तथा कान्ति आलेले ६८ औं मिनेटमा गोल गरे। आर्मीकी मनीषा राउत ‘वुमन अफ द म्याच’ घोषित भइन्।

प्रतियोगिताअन्तर्गत सोमबार पश्चिमाञ्चल र प्रहरी तथा पूर्वाञ्चल र आर्मीबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell