PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​प्रिमियर लिग : आर्सनल विरुद्ध म्यानचेष्टर सिटीको कमब्याक भिक्ट्री



पहिलोपोस्ट

​प्रिमियर लिग : आर्सनल विरुद्ध म्यानचेष्टर सिटीको कमब्याक भिक्ट्री

आर्सनविरुद्ध कमब्याक भिक्ट्री हासिल गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले आर्सनललाई २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा सिटीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल फर्कायो।

खेलको पाचौं मिनेटमै थियो वाल्कोटले गोल गर्दै भ्रमणकारी टोली आर्सनललाई अग्रता दिलाएका थिए। तर आर्सनले अग्रता जोगाउन सकेन। ४७ औं मिनेटमा सिटीका लरेय सेनले बराबरी गोल फर्काए। ७१ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटी २-१ ले विजयी भएको हो।

जितपछि १७ खेलबाट ३६ अंक जोडेको सिटी आर्सनल र लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ४३ अंक रहेको चेल्सी शीर्ष स्थानमा छ। हारपछि ३४ अंक रहेको आर्सनल भने चौथो स्थानमा झरेको छ।

लिगकै अर्को खेलम टोटनहमले पनि एक गोलले पछि परेको अवस्था उल्टाउँदै बर्नलेलाई २-१ ले पराजित गरेको छ। टोटनहमलाई जित दिलाउन डेले अली ड्यानी रोसले गोल गरे। एस्ले बार्न्सले गोल गर्दै बर्नलेलाई पहिले अग्रता दिलाएका थिए।

अर्को खेलमा जे रोड्रिग्वेजले २ गोल गरेपछि साउथह्याम्पटनले पनि गोल बेहोरेर एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ।  नाथन एकेले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएपनि रायन बर्टाण्डले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए। दोस्रो हाफमा रोड्रिग्वेजले २ गोल गरेपछि साउथह्याम्पटन ३-१ ले विजयी भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell