
क्याटलान डर्बीमा स्पानयोललाई ४-१ ले पराजित गर्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लेको छ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन लुइस सुवारेजले २ गोल गरे। लियोनल मेसीले एक गोल गर्नुका साथै दुई असिस्ट गरे भने जोर्डी अल्वाले पनि १ गोल गरे। स्पानयोलका लागि डेभिव लोपजले सान्त्वना गोल फर्काए।
जितपछि १६ खेलबाट बार्सिलोनाको ३४ अंक भएको छ, जुन शीर्ष स्थानमा रहेको रियल मड्रिडको भन्दा अझै ३ अंक कम हो। रियलले एक खेल कम खेलेको छ। क्लब वर्ल्ड कप खेल्न जापानमा रहेको रियल र भ्यालेन्सिया बीचको ला लिगा खेल भने पछि सारिएको छ।