PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

​बुण्डेसलिगा : वायर्नको जितमा डुगलास कोस्टाको निर्णायक गोल



पहिलोपोस्ट

डाम्सटडलाई १-० ले पराजित गर्दै वायर्न म्युनिद पुनः जर्मन बुण्डेसलिगको शीर्ष स्थानमा उक्लेको छ।

आइतबार भएको खेलमा डुगलास कोस्टाको एक मात्र निर्णायक गोल मद्वतमा वायर्नले डाम्सटडलाई पराजित गरेको हो। कोस्टाले ७१ औं मिनेटमा गोल गरेका थिए।

जितपछि वायर्नको १५ खेलबाट ३६ अंक भएको छ। लेइपजिग समान अंक भएपनि गोल भिन्नतामा वायर्न अगाडी रहेको हो। 

बुण्डेसलिगाकै अर्को खेलमा नवौं स्थानमा रहेको बायर लेभरकुजन रेलिगेसन जोनमा रहेको इंगोल्सटाडसँग २-१ ले पराजित भएको छ। 

घरेलु मैदानमा भएको खेलमा चार्ल्स अराइङ्युएज दोहोरो पहेँलो कार्ठ बखाँदै मैदान बाहिरिएपछि लेभरकुजन दोस्रो हाफको सुरुमै दश खेलाडीमा झरेको थियो। 

इंगोल्सटाडको जितमा अल्फ्रेडो मोरालेस र अल्मग कोहेनले १ १ गोल गरे। लेभरकुजनका लागि अदमिर अहमेदीले एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell