PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

अब सवारी चालक अनुमतिपत्रको सम्पूर्ण काम भक्तपुरको जगातीबाट



पहिलोपोस्ट

भक्तपुर : यातायात व्यवस्था विभागले भक्तपुरको जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ।
 
कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ।
 
विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् जडानको काम भइरहेको जानकारी दिए। उनका अनुसार मङ्गलबार सेवा सञ्चालन गरिने भए पनि व्यवस्थित रुपमा सेवा दिन भने त्यसपछि कम्तीमा एकसाता लाग्नेछ।
 
उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्र सम्बन्धी काम हुँदै आएकोमा त्यहाँबाट मात्र सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि सरकारले उपत्यकाको तीन स्थानमा कार्यालय खोल्ने तयारी गरेकोमा भक्तपुरमा पनि सञ्चालनमा आउने भएको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell