PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई युवाको ज्यान गयो



पहिलोपोस्ट

झापा : गएराति झापाको दुवागढी– ५ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेचीनगर नगरपालिका–७ निवासी २० वर्षीय चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो।
 
गम्भीर घाइते बनेका उनीहरुको उपचार क्रममा बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell