PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​फ्रेन्च लिग वन : नाइसको जितमा बालोटोलीको २ गोल, शीर्ष स्थानमा ४ अंकको अग्रता



पहिलोपोस्ट

​फ्रेन्च लिग वन : नाइसको जितमा बालोटोलीको २ गोल, शीर्ष स्थानमा ४ अंकको अग्रता

मारियो बालोटोलीले दुई गोल गरेपछि नाइसले फ्रेन्च लिग वनमा डिजोनलाई २-१ ले पराजित गरेको छ। अर्को खेलमा मोनाको लियोनसँग ३-१ ले हारेपछि नाइसले दोस्रो स्थानको मोनाकोमाथि ४ अंकको अग्रता बनाएको छ।

नाइसलाई जित दिलाउन बालोटोलीले ३२ औं र ५० औं मिनेटमा गोल गरे। डिजोनका लागि जुलियो टाभारेलिे एक गोल फर्काए। ८८ औं मिनेटमा सेडरिक भारउल्टले सिधै रातो कार्ड पाएपनि डिजोन खेलको अन्त्यतिर दश खेलाडीमा झरेको थियो।

जितपछि लिडर नाइसले १८ खेलबाट ४३ अंक जोडेको छ।

यता दश खेलाडीमा झरेको मोनाको लियोनसँग ३-१ ले पराजित भएको छ। लियानेको जितमा राचि घेजल, माथिउ भल्वुएना र अलेकजान्डर लाजेट्टेले १/१ गोल गरे। मोनाकोबाट बाकायेकोले एक गोल फर्काए। ३९ औं मिनेटमा बेन्जामिन मेडी सिधै कार्ड बेहोर्दै मैदान बाहरिएपछि मोनाको दश खेलाडीमा झरेको थियो।

पराजयक बावजुत पनि १८ खेलबाट ३९ अंक रहेको मोनाको दोस्रो स्थानमा यथावत छ। १७ खेलबाट ३१ अंक जोडेको लिायने चौथो स्थानमा उक्लेको छ। १८ खेलबाट ३६ अंक रहेको पेरिस सेन्ट जर्मेन तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell