PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी, असदको शतकले जोगाउन सकेन पाकिस्तानलाई



पहिलोपोस्ट

​पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी, असदको शतकले जोगाउन सकेन पाकिस्तानलाई

असद शफिकले शतक बनाएपनि अष्ट्रेलिया विरुद्ध पहिलो टेष्टमा पाकिस्तानले हार टार्न सकेन। ब्रिसवनमा ४९० रनको कीर्तिमानी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन बाँकी २ विकेट गुमाएपछि अष्ट्रेलिया ३९ रनले विजयी भएको हो। जितसँगै घरेलु टोलीलले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। 

पाँचौं दिन पाकिस्तानले ३८२-८ बाट खेल सुरुवात गरेको थियो। असद सफिक (१००) तथा यासिर शाह (४) ले अन्तिम दिनको खेल अगाडी बढाएका थिए। जितका लागि पाकिस्तानलाई १०८ रन आवश्यक थियो भने अष्ट्रेलियालाई २ विकेट।

तर पाकिस्तान ४५० रनमै अलआउट हुन पुग्यो। म्यान अफ दि म्याच असद शफिक १३७ रन बनाएर आउट भए। उनलाई मिचेल स्टार्क डेभिड वार्नरबाट क्याच आउट गराए। यारिस शाह ३३ रन बनाएर रनआउट भए।

शफिकलाई पछिल्ला क्रममका खेलाडीले राम्रो साथ दिएपनि अन्तत हार टार्न पर्याप्त भएन। मोहम्मद आमिरले ४८ तथा वाहव रियाजले ३० रन बनाए। यसअघि हजर अलीले ७१ तथा युनिस खानले ६५ रन बनाएका थिए।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले सर्बाधिक ४ विकेट लिए भने ज्याक्सन बर्डले ३ तथा नाथन लियोनले २ विकेट लिए। 

पहिलो इनिङमा १ सय ४२ रनमा अलआउट भएको पाकिस्तानले दोस्रो इनिङमा शानदार प्रदर्शन गर्यो। यता अष्ट्रेलियाले कप्तान स्टिभ स्मिथ र पिटर ह्याण्डसकम्बको शतक मद्वतमा पहिलो इनिङमा ४२९ रन बनाएको थियो।

दोस्रो इनिङमा ५ विकेट गुमाएर २०२ रन बनाएपछि अष्ट्रेलियाले इनिङ समाप्तीको घोषणा गर्दै पाकिस्तानलाई कीर्तिमानी लक्ष्य दिएको हो। 
दोस्रो टेष्ट आगामी सोमबार मेलवर्नमा सुरु हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell