PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

कुलमानलाई असहयोग गर्ने प्राधिकरणका तीन सञ्चालक बर्खास्त



पहिलोपोस्ट

कुलमानलाई असहयोग गर्ने प्राधिकरणका तीन सञ्चालक बर्खास्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणमा अवरोध पुर्‍याउने तीन जना सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ। ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई पदमुक्त गरेका हुन्।
 
उनीहरुले बुझाएको प्रष्टीकरण चित्त बुझ्दो नभएपछि हटाएको मन्त्री निकट स्रोतले जानकारी दियो।
 
तीन जना सञ्चालकले प्राधिकरण सुधारका लागि ऊर्जामन्त्री शर्मा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अवरोध पुर्‍याउँदै आएका थिए। नयाँ परियोजना कम्पनी मोडलमा बनाउने, विद्युत व्यापार कम्पनी खोल्ने जस्ता प्रस्ताव उनीहरुले पारित हुन दिएका थिएनन्।
 
मंसिर १० गते डाकिएको प्राधिकरण बोर्ड बैठकमा प्रस्ताव पारित हुन नदिएर बाहिरिएका उनीहरु तीनजनाले हस्ताक्षर गरि बोर्डको निर्णय भन्दै प्रबन्ध निर्देशक घिसिङविरुद्ध प्रचार समेत गरेका थिए।
 
त्यसपछि मन्त्रालयले प्रष्टीकरणका लागि पठाएको चिठी समेत उनीहरुले बुझ्न अस्वीकार गरेका थिए। मन्त्रालयले पत्रिकामा सूचना प्रकाशित गरि सात दिनभित्र प्रष्टीकरण दिन भनेपछि उनीहरुले पत्र बुझेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell