PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा युवासंघले निगम घेराउ गर्ने



पहिलोपोस्ट

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा युवासंघले निगम घेराउ गर्ने

काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धिको विरोधमा एमाले भ्रातृ संगठन युवा संघ नेपालले आज आयल निगम घेराउ गर्ने भएको छ।
 
नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाउने निर्णय गरेको थियो। सोको विरोध गर्दै संगठनले दिउँसो निगम घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने जनाएको छ।
 
नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार तीन प्रमुख पेट्रोलियम पदार्थको मूल्य एकैचोटि प्रति लिटर साढे ४ रुपैयाँ बढाइएको छ।
 
पेट्रोलको मूल्य ९७ रुपैयाँ प्रति लिटर रहेकोमा अब १०१ रुपैयाँ ५० पैसा पर्नेछ। डिजेल र मट्टितेलको भाउ ७३ रुपैयाँ प्रति लिटर भएकोमा अब ७७ रुपैयाँ ५० पैसा हुने भएको छ।
 
प्रवक्ता खनालका अनुसार इन्डियन आयल कर्पोरशनले पठाएको नयाँ मूल्य अनुसार मूल्य बढाइएको हो।
 
भारतमा केही दिनअघि मूल्य बढाइएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि कच्चा तेलको मूल्य निरन्तर उकालो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell