PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सिकार खेल्न जाँदा बन्दुक पड्किएर गयो ज्यान



पहिलोपोस्ट

बुटवल : जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ।
 
रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा सो दुर्घटना भएको हो। गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ।
 
घरदेखि करिब पाँच किलोमिटरको दुरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५/१६ जनाको समूह संलग्न रहेको इप्रका रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाले बताए।
 
मृतकलाई गोली लागेर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
 
पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानका आधारमा मृतक ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर लागेको प्रहरी निरीक्षक रानाले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell