PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

फिर्ता लिनुपर्छ : एमाले, कुनै पनि हालतमा फिर्ता हुन्न : सरकार; के होला संसदमा आज?



पहिलोपोस्ट

फिर्ता लिनुपर्छ : एमाले, कुनै पनि हालतमा फिर्ता हुन्न : सरकार; के होला संसदमा आज?

काठमाडौँ : संसदको आजको बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धी दुई वटा विधेयक रहने भएको छ। 

संसद बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने अडान राखेको थियो। तर हामीले कुनै पनि हालतमा फिर्ता हुँदैन, पास फेल जे हुनेछ संसदबाटै हुनेछ भन्ने जवाफ दियौँ, उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। 

मंसिर १४ गते राति सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अहिलेसम्म संसदको कार्यसूचीमा परेको थिएन। दर्ता भएको भोलिपल्टदेखि विपक्षीले संसद चल्न दिएको छैन। 

आजको कार्यसूचीमा निर्वाचन सम्बन्धी दुई विधेयक पनि रहने भएको छ। एउटा विधेयक निर्वाचन कसुर तथा सजायसम्बन्धी रहेको छ भने अर्को स्थानीय तह सम्बन्धी। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell