PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

नेपाल-मङ्गोलियाबीच सहमति, भिसामा छुट क-कसलाई?



पहिलोपोस्ट

नेपाल-मङ्गोलियाबीच सहमति, भिसामा छुट क-कसलाई?

काठमाडौँ : नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्का देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ।
 
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि सो समझदारी भएको हो। विदेश मन्त्री अर्जिल पहिलोपटक गएराति नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्।
 
दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ।
 
नेपाल र मङ्गोलियाका बीच सन् १९६१ जनवरी ५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। साथै, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमणका क्रममा मङ्गोलिया भ्रमणसमेत गरेका थिए।
 
द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदानपछि परराष्ट्रमन्त्री डा महतले भूपरिवेष्टित देशका सामूहिक चासो र चिन्तालाई अध्ययन गर्न मङ्गोलियाले विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्न राखेको प्रस्तावलाई नेपालले सहयोग गर्ने र सदस्यतासमेत लिन दुई देशका बीचमा समझदारी भएको सञ्चारकर्मीलाई जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell