PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​ पोस्टरमा यस्ता छन् ‘लभ सासा’का पात्र



पहिलोपोस्ट

​ पोस्टरमा यस्ता छन् ‘लभ सासा’का पात्र

काठमाडौं: फिल्म 'लभ सासा'का अफिसियल पात्र पोस्टर रिलिज भएका छन्। पोस्टरमा पात्रहरुको परिचय दिइएको छ। कर्मलाई पल, केकी अधिकारीलाई सासा र आसिफ साह सिद्धार्थको रुपमा प्रस्तुत छन्।

कर्मको पोस्टर पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल र क्यामेरा चित्रण छ।

फोटोग्राफी उनको सौख महसुस हुन्छ।

मुख्य पात्र सासा अर्थात केकीलाई पढन्ते युवतीको रुपमा देखाइएको छ। पृष्ठभूमिमा पुस्तकालय छ।



आसिफको पोस्टर पृष्ठभूमिमा कार देखाइएको छ । उनलाई धनाढ्य र घमण्डी युवकको रुपमा चित्रण गर्न खोजिएको छ।



‘हामीले पोस्टरमा पात्रको पर्सनालिटी दर्शाउन खोजेका हौं’ निर्देशक श्रेष्ठले भने। भिजा गर्लपछि श्रेष्ठको यो दोस्रो निर्देशकीय फिल्म हो। प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म पुस २९ गते सार्वजनिक हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell