PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कुलमानको काममा अवरोध गर्ने सञ्चालक हटाएपछि तीनलाई दिइयो नियुक्ति



पहिलोपोस्ट

काठमाडौं : लोडसेडिङ हटाउन अवरोध गर्ने तीन जना सञ्चालकलाई बर्खास्त गरेपछि सरकारले नयाँ तीन सञ्चालक नियुक्त गरेको छ।
 
लोडसेडिङ मुक्त गर्न कस्सिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवरोध गर्ने लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले आइतबार प्राधिकरण सञ्चालक समितिबाट बर्खास्त गरी नयाँ तीनलाई नियुक्त गरेको हो।

उपभोक्ताका तर्फबाट भक्तवहादुर पुन तथा इन्जिनियरहरु चेतराज जोशी र उमेशप्रसाद थानीलाई नियुक्त गरिएको हो। उनीहरुलाई आइतबार चार वर्षका लागि नियुक्त गरिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell