PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एमाले अवरोधपछि आजको संसद चल्न सकेन, अर्को बैठक पुस ७ गते



पहिलोपोस्ट

एमाले अवरोधपछि आजको संसद चल्न सकेन, अर्को बैठक पुस ७ गते

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको संसद बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षीसहित संशोधन प्रस्तावको विरोधमा रहेका सांसदहरु आ-आफ्नो स्थानमा उठेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक आउँदो पुस ७ गतेसम्मका लागि स्थगित भएको जानकारी गराइन्।

यसअघि आजै जारी अवरोध हटाउने र सहमति जुटाउनेगरी बसेको तीन दलको बैठकले ठोस निष्कर्ष निकाल्न सकेको थिएन। संसदमा दर्ता संविधान संशोधन प्रस्ताव जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षीको रणनीतिका बीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले तीन दलका नेतासँग छलफल गराएकी थिइन्।

एमाले नेताले चुनावमा जाने चाहना व्यक्त गरे पनि संशोधन प्रस्तावसँगै चुनावलाई जोडेर ल्याइए अवरोधबाट पछि नहट्ने अडान राखेका थिए। ‘सत्तापक्ष अब कसरी आउँछ हामी त्यही अनुरुप प्रस्तुत हुन्छौं,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘हाम्रो कुरा नसुन्ने हो भने संसद अवरोध जारी रहनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell