PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

एसीसी युथ कप क्रिकेट प्रदर्शनबाट प्रभावित श्रीलंकाले ‘नेपाली यु १९’लाई दियो खेल सामग्री



पहिलोपोस्ट

एसीसी युथ कप क्रिकेट प्रदर्शनबाट प्रभावित श्रीलंकाले ‘नेपाली यु १९’लाई दियो खेल सामग्री

काठमाडौं : श्रीलंकाले नेपाली यु १९ क्रिकेट टोलीलाई क्रिकेट खेल सामग्री प्रदान गरेको छ।
 
हाल श्रीलंकामा भइरहेको एसीसी युथ कप क्रिकेटमा गरेको प्रदर्शनबाट प्रभावित हुँदै श्रीलंका क्रिकेटले नेपाललाई सहयोग गरेको हो। श्रीलंका क्रिकेटका प्रमुख थिलंगा सुमाथिपलाले नेपाली युथ टोली अभ्यासका लागि आवश्यक खेल सामग्री हस्तान्तरण गरेका हुन्।
 
लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियालाई १ विकेटले पराजित गरेको थियो। सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका प्रस्थान गरेको नेपाल पहिलो खेलमै श्रीलंकासँग १ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell