PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सभामुख घर्ती र मङ्गोलियाका विदेशमन्त्रीबीच भेट, भूपरिवेष्टित देशका समस्याबारे कुराकानी



पहिलोपोस्ट

सभामुख घर्ती र मङ्गोलियाका विदेशमन्त्रीबीच भेट, भूपरिवेष्टित देशका समस्याबारे कुराकानी

काठमाडौँ : सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुख अर्जिलबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
 
नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाडौँ आएका हुन्।
 
यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो। अवसरमा उनीहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो।
 
सभामुख घर्तीले भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या समाधान गर्न दुई देश मिलेर अगाडि बढ्नुपर्ने विचार राखेको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए।
 
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसित विदेशमन्त्री अर्जिलले आजै छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell