PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

शान्ति समाजले रक्षामन्त्रीलाई भन्यो- 'सेनालाई विज्ञप्तिमार्फत राजनीतिक टिप्पणी गर्न नदेऊ'



पहिलोपोस्ट

शान्ति समाजले रक्षामन्त्रीलाई भन्यो- 'सेनालाई विज्ञप्तिमार्फत राजनीतिक टिप्पणी गर्न नदेऊ'

काठमाडौं : सेनालाई विज्ञप्ती मार्फत राजनितिक टिप्पणी गर्न नदिन मानव अधिकारवादी संस्थाले रक्षामन्त्रीको ध्यानाकर्षण गराएको छ।

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिले १० बुँदे अवधारणा पत्र बुझाउँदै ' राजनीतिक प्रक्रियाका विषयमा नेपाली सेनाका तर्फबाट विज्ञप्ति जारी गर्ने र टिप्पणी गर्ने क्रम भविष्यमा दोहोरिनु नहुने र सेनाको सरोकार व्यक्त गर्ने माध्यम रक्षा मन्त्रालयबाट नै हुने सुनिश्चित हुनुपर्ने बताएको हो।

उसले नेपाली सेनामा अधिकृत तहको नियुक्तिको प्रक्रिया निष्पक्ष, स्वच्छ र पारदर्शी हुनुपर्ने समेत माग गरेको छ।

समाजले सेनाको आधुनिकिकरण र दक्षता अभिवृद्धिको लागि ठोस नीति सहित कार्ययोजना हुनुपर्ने भन्दै रक्षामन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको हो ।

नागरिकहरुको जीवन रक्षा सुरक्षा निकायको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै 'मानव अधिकार उल्लंघनका घटनामा संलग्न सेनाका कसैलाई पनि उन्मुक्ति दिइनेछैन भन्ने तथ्य स्पष्ट गर्नुपर्ने समाजको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

'सुरक्षाकर्मीले नागरिकसँग रुखो व्यवहार गरिदिदाँ राज्यसत्ता प्रति नै आक्रोश बढ्ने हुदाँ ड्युटिमा खटिने सैनिकहरु विनम्र र दक्ष हुनुपर्छ ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell