PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवासंघले घेर्‍यो निगम, ६ फोटोमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवासंघले घेर्‍यो निगम, ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धिको विरोधमा एमाले भ्रातृ संगठन युवा संघ नेपालले आज आयल निगम घेराउ गरेको छ।
 
संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको संघका कार्यकर्ताहरुले बबरमहलमा रहेको नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।
 
गरिब सुकुम्बासी विद्यार्थी विपन्न वर्गहरुको जनजीवनमा प्रत्यक्ष असर पर्ने गरी मूल्यवृद्धि गराइएको भन्दै ध्यानाकर्षणपत्रमा सरकार पुन: नांगिएको आरोप लगाइएको छ।
 
नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाउने निर्णय गरेको थियो। पेट्रोलको मूल्य ९७ रुपैयाँ प्रति लिटर रहेकोमा अब १०१ रुपैयाँ ५० पैसा पर्नेछ। डिजेल र मट्टितेलको भाउ ७३ रुपैयाँ प्रति लिटर भएकोमा अब ७७ रुपैयाँ ५० पैसा हुने भएको छ।
 
नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार तीन प्रमुख पेट्रोलियम पदार्थको मूल्य एकैचोटि प्रति लिटर साढे ४ रुपैयाँ बढाइएको छ।

प्रवक्ता खनालका अनुसार इन्डियन आयल कर्पोरशनले पठाएको नयाँ मूल्य अनुसार मूल्य बढाइएको हो। भारतमा केही दिनअघि मूल्य बढाइएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि कच्चा तेलको मूल्य निरन्तर उकालो लागेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell