PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संसद बैठक रोकेपछि सभामुखले भनिन् : दलबीच दुरी बढाउन चाहिन



पहिलोपोस्ट

संसद बैठक रोकेपछि सभामुखले भनिन् : दलबीच दुरी बढाउन चाहिन

काठमाडौँ : संसदमा जारी गतिरोध हटाउने सहमतिका लागी सभामुख ओनसरी घर्तीले दलहरुलाई तीन दिनको समय दिएकी छन्।

सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेतालाई आफ्नै कार्यकक्षमा डाकेर बैठक गरेकी सभामुख घर्तीले महाअभियोग प्रस्ताव र संविधान संशोधन प्रस्तावमाथि संसद्मा छलफल गर्न आवश्यक रहेको भन्दै विषय वा प्रक्रियामा सहमतिका लागि तीन दिनको समय दिएकी हुन्।

सभामुख घर्तीका अनुसार बैठकमा दलका नेता सकारात्मक देखिएका थिए।

'यसअघि प्रतिपक्ष सदनमा संशोधन प्रस्ताव लानै हुँदैन भन्नेमा थियो, तर आज उहाँहरुले विवेक प्रयोग गर्नुस भन्नुभयो,' सभामुख घर्तीले आफ्नो कार्यकक्षमा सञ्चारकर्मीमाझ भनिन्, 'त्यसैले हामीले संसद्को कार्यसूचीमा महाअभियोग प्रस्तावसँगै संविधान संशोधन प्रस्ताव र स्थानीय तह निर्वाचन सम्बन्धी विधेकयलाई राखेका हौं।'

घर्तीका अनुसार आजैबाट बैठक सञ्चालनका लागि आफूले आग्रह गरे पनि धेरै विषयमा सकारात्मक देखिएको प्रतिपक्ष संविधान संशोधन विधेयकमा सहमत नभएका कारण बैठक सञ्चालन नभएको हो।

संविधान संशोधन विधेयक भएकाले प्रतिपक्षको हल्लाकै बीच संसदमा प्रस्तुत हुन सक्दैन भन्ने प्रश्नमा घर्तीले दलहरुबीच दुरी बढाउन नचाहेकाले सकेसम्म मिल्नकै लागि प्रोत्साहित गरिरहेको बताइन्।

उनले प्रतिपक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने भन्दै विषयमा सहमति हुन नसके प्रक्रियामा भए पनि सहमति हुने आशा देखाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell