PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आम्री र प्रहरीको लगातार दोस्रो जित



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा आम्री र प्रहरीको लगातार दोस्रो जित

काठमाडौं : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले समूह चरणमा लगतार दोस्रो जित हासिल गरेका छन्। 

सुनसरीको दुहबी रंगशालामा सोमबार भएको समूह 'क' को खेलमा प्रहरीले पश्चिमाञ्चलमाथी ४-० को जित निकाल्यो। प्रहरीको जितमा 'वुमन अफ दि म्याच' यशोदा लामाले खेलको १९ औं मिनटमा पहिलो गोल गर्नि। २९ औं मिनटमा निरु थापाले गोल गर्दै अग्रता दोब्बर पारिन् भने श्रृजना खड्काले ४६ औं तथा ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल गर्दै टोलीको जित सुनिश्चित पारिन्।

प्रहरीको यो दोस्रो जित हो भने पश्चिमाञ्चलको दोस्रो हार हो। प्रहरीले पहिलो खेलमा सुदुरपश्चिमाञ्चललाई हराएको थियो। पश्चिमाञ्चल भने एपीएफसँग हारेको थियो।

यस्तै समूह 'ख' को खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो। आर्मीको जितमा ‘वुमन अफ द म्याच’ इन्दिरा राईले दुई गोल गरिन्। उनले ५४ औं र ७० औं मिनटमा गोल गरेकी हुन्। यसअघि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्।

आर्मीले यसअघि मध्यपश्चिमाञ्चललाई हराएको थियो। पूर्वाञ्चलले भने पहिलो खेलमा मध्यमाञ्चलसँग बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell