PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​यी हुन्, आइपीएलका लागि रिटेन भएका र रिलिज गरिएका क्रिकेटर



पहिलोपोस्ट

​यी हुन्, आइपीएलका लागि रिटेन भएका र रिलिज गरिएका क्रिकेटर

सन् २०१७ सिजनको इन्डियन प्रिमियर लिग आइपीएलको लागि रोएल च्यालेन्जर्स बैंगलोर मुम्बाई इन्डियन्सले सर्बाधिक २०/२० खेलाडी रिटेन गरेका छन्। 

गत सिजन खेलेका मध्येबाट यी दुई टोलीले समान २० खेलाडी यथावत राखेका छन्। कोलकता नाइट राइडर्सले सबैभन्दा थोरै १४ रन रिटेन गरेको छ। यस्तै किंग्स एलेभेन पञ्जावले १९, दिल्ली डेयर डेभिल्सले १८, सनराइजर्स हैदरावादले १७ तथा राइजिङ पुने सुर जायन्ट्स र गुजरात लायन्सले समान १६ खेलाडी रिटेन गरेका छन्। 

आठ फ्रेन्चाइज टोलीले कुल १४० खेलाडी रिटेन गरेका छन् जसमा ४४ विदेशी खेलाडी समेत छन्। 

यस्तै सबै टोलीले गरेर कुल ६३ खेलाडीहरुलाई रिलिज गरेका छन्। जसमध्ये केभिन पिटरसन र पवन नेगी स्टार खेलाडी हुन्। पवन नेगीलाई गत सिजन देल्लीले ८ करोड ५० लाखमा किनेको थियो। तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। ८ खेलमा उनले जम्मा ५७ रन मात्र बनाए भने १ विकेट लिए।

पिटरसनसहित पुने सुपरजेन्सट्सले सर्बाधिक ११ खेलाडी खेलाडी रिलिज गरेको छ भने पञ्जावले ४ खेलाडी मात्र रिलिज गरेको छ। यस्तै बैंगलोरले १०, कोलकताले ९, मुम्बई र गुजरातले ८/८, सनराइजर्सले ७ तथा देल्लीले ६ खेलाडी रिलिज गरेका छन्।

नयाँ सिजनको लागि खेलाडी रिटेन गर्ने र रिलिज गर्ने अन्तिम मिती डिसेम्वर १५ सम्म तोकिएको थियो। यो समयमा सबै टीमले खेलाडी राख्ने र रिलिज गर्ने सूची बनाएका हुन्। 

सन् २००८ बाट सुरु भएको आइपीएल गत सिजन सनराइजर्स हैदरावादले जितेको थियो। अाइपीएलको दशौं संस्करण अागामी वर्ष अप्रिलमा हुने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell