PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​प्रिमियर लिग : साडियो मानेले इन्जुरी टाइममा गरेको गोलले लिभरपुलको जित



पहिलोपोस्ट

​प्रिमियर लिग : साडियो मानेले इन्जुरी टाइममा गरेको गोलले लिभरपुलको जित

लिभरपुल एभरटनलाई उसैको मैदानमा पराजित गर्दै प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।

साडियो मानेले इन्जुरी टाइमको चौथो मिनेटमा गरको एक मात्र गोलमा लिभरपुलले मर्सिसाइड डर्बीमा एभरटनलाई १-० ले पराजित गरेको छ।

एभरटनको घरेलु मैदान गुडिसनपाकएमा लिभरपुल ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको थियो। तर रेफ्रिले १० मिनेटको इन्जुरी टाइम थप गरेपछि त्यसको चौथो मिनेटमा मानेले निर्णायक गोल गरे। 

ड्यानियल स्टुरिजले प्रहार गरेको बल बारमा लागेर फर्केपनि मानेले त्यसैमा गोल गरेका हुन्।

जितपछि १७ खेलबाट ३७ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ। ३६ अंक रहेको म्यानचेष्टर सिटी तेस्रोमा झरेको छ। समान खेलबाट ४३ अंक रहेको चेल्सी शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell