PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

टिपरको ठक्करबाट महिलाको ज्यान गएपछि मित्रपार्कमा तनाव, सवारी आवागमन ठप्प



पहिलोपोस्ट

टिपरको ठक्करबाट महिलाको ज्यान गएपछि मित्रपार्कमा तनाव, सवारी आवागमन ठप्प

काठमाडौं : काठमाडौंको मित्रपार्कमा टिपरको ठक्करबाट केही बेरअघि एक महिलाको ज्यान गएपछि त्यहाँको सवारी आवागमन अवरुद्ध भएको छ।

बिहान पौने ११ बजेतिर अनियन्त्रित भएको टिपरको ठक्करबाट ती महिलाको घटनास्थलमै ज्यान गएको महानगरीय प्रशरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले जानकारी दिए।

मृतक महिला टेम्पो चालक भए पनि उनको पहिचान खुलेको छैन। सो दुर्घटनापछि गौशाला-चाबहिल रुटमा चल्ने सवारीसाधन आवागमन ठप्प भएको ट्राफिक प्रहरीले जनाएको छ। अहिलेलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell