PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आगलागीमा तीन घर जलेर नष्ट, आठ लाख बराबरको क्षति



पहिलोपोस्ट

आगलागीमा तीन घर जलेर नष्ट, आठ लाख बराबरको क्षति

उर्लाबारी (मोरङ) : मोरङको लखन्तरी–७ मा गएराति आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको छ। आगलागीबाट नारायण माझी, ललित ठाकुर र झगरु माझीको घर जलेर नष्ट भएको हो।
 
राति करिब ११ बजे नारायण माझीको भान्छाकोठाको विद्युत् लाइन चुहिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।
 
आगोले नारायण माझीको घर, भान्छा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको छ। आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा राति १ बजे नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell