PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

सासूको रिसपछि बुहारीले आफ्नै शरीरमा लगाइन् आगो, उपचार हुँदै



पहिलोपोस्ट

लहान : सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आज आगो लगाएकी छन्।
 
सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पुर्‍याएका थिए।
 
गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ। आगो निभाउने क्रममा सरोजको हातमा समेत पोलेकाले सोही प्रतिष्ठानमा उपचार भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell