PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

मदिरा भनेर विषाक्त पदार्थ पिउँदा रसियामा ३३ जनाको मृत्यु, राष्ट्रपतिले भने- 'हृदयविदारक घटना'



पहिलोपोस्ट

मदिरा भनेर विषाक्त पदार्थ पिउँदा रसियामा ३३ जनाको मृत्यु, राष्ट्रपतिले भने- 'हृदयविदारक घटना'

मस्को (रसिया) : रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि ३३ जनाको मृत्यु भएको छ।
 
स्थानीय अधिकारीले इरस्कुस्कमा आपतकालीन अवस्था घोषणा गरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन्।  रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ।
 
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ।
 
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयविदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताए।
 
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण भएको जनाएको छ। अस्पतालमा अझै १५ जना सोही कारण गम्भीर अवस्थामा उपचाररत भएको जनाइएको छ। लोसनको बोटलमा स्पष्ट उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने सङ्केत भए पनि यहाँका स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ।
 
रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले मन्त्रिपरिषद् बैठकमा उक्त पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने बताएका छन्।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell