PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अमेरिकी राजदूतले ओलीलाई सोधिन्- ‘संसद अवरोध किन?’



पहिलोपोस्ट

काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले संसदको जारी अवरोधबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जिज्ञासा राखेकी छिन्।
 
ओलीलाई भेट्न एमाले संसदीय दलको कार्यालय पुगेकी टेप्लिजले संविधान संशोधन र संसदको अवरोधबारे जिज्ञासा राखेकी हुन्। भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार टेप्लिजले संविधान संशोधनको किन विरोध भइरहेको भन्ने प्रश्न समेत सोधेकी थिइन्।
 
जवाफमा ओलीले संविधान संशोधनले नेपालको हित नगर्ने र संशोधन फिर्ता नभएसम्म अवरोध जारी राख्ने जवाफ दिएका थिए।
 
भेटमा द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको नेम्वाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell