PahiloPost

May 14, 2025 | १ जेठ २०८२

स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री गगनको शेयर मोह : ३ लाख ५४ हजार लगानी,१२ लाख ५६ हजार आम्दानी

काठमाडौं : केही दिनअघि सार्वजनिक सम्पत्ति विवरणमा स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापाको जायजेथा अरु मन्त्रीभन्दा फरक देखियो।
 
कसैसँग मनग्गे जग्गा त कोही सुनचाँदीको सौखिन देखिए। थापाले भने एक्सल सिटमा एक पेज भरिने गरी विभिन्न कम्पनीको शेयर रहेको विवरण सार्वजनिक गरे।
 
बुबाआमाले थालेको विभिन्न कम्पनीको प्राथमिक निष्काशन (आइपिओ) आवेदनलाई थापाले पनि निरन्तरता दिएका छन्। उनीसँग आफूसहित बुबा महेन्द्र, आमा रामेश्वरी, श्रीमती अञ्जना र छोरीहरु जियाना एवं गार्गी नामको शेयर रहेको छ।
 
थापासँग धेरै कम्पनीको स-सानो कित्ता शेयर रहेको छ। ‘ठूलोबुबाहरुले पहिल्यैदेखि प्राथमिक निष्काशन भर्ने गर्नुभएको थियो,’ गगनका काकाका छोरा शंकरले भने, ‘सबै आइपिओमा परेको शेयर हो।’
 
गगनको शेयर हेर्दा आम लगानीकर्ता जस्तै एउटा आवेदन फर्ममार्फत ५/१० हजार रुपैयाँको लगानी गरेको देखिन्छ। उनीसँग सबै कम्पनीको गरी कुल ३ हजार ५४४ कित्ता शेयर छ।
 
गत साताको अन्तिम मूल्यलाई आधार मान्दा उनीसँग भएको शेयरको बजार पुँजीकरण १६ लाख १० हजार रुपैयाँको देखिन्छ।
 
सबै शेयर आइपिओमा किनेको हुँदा उनले प्रतिकित्ता १ सय रुपैयाँभन्दा धेरै लगानी गरेका छैनन्। यसरी ३ लाख ५४ हजार रुपैयाँको लगानी अहिले ३५४ प्रतिशतले दोस्रो बजारमा वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell