PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

निलम्बित क्यानका पदाधिकारीको आरोप- 'पावरफुल बडीलाई बाइपास गर्ने आइसिसी भ्रममा छ'



पहिलोपोस्ट

निलम्बित क्यानका पदाधिकारीको आरोप- 'पावरफुल बडीलाई बाइपास गर्ने आइसिसी भ्रममा छ'

काठमाडौं : आइसिसीबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पाँचौं वार्षिक साधारण सभा गर्‍यो। तर नेपाली खेलकुदको ठूलो निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव  र युवा तथा खेलकुद मन्त्री उपस्थित भएनन्।
 
राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा रक्षामन्त्री एवं नेपाली कांगेसका नेता तथा बालकृष्ण खाँडले उद्घाटन गरेको सभामा अधिकांश कांग्रेस नेताहरुको उपस्थिति देखिन्थ्यो।
 
चतुरबहादुर चन्द नेतृत्वको क्यानले गरेको सभामा राखेपबाट कोषाध्यक्ष सुरेन्द्र हमाल उपस्थित थिए। निलम्बित क्रिकेट संघले साधारणसभा गरेर क्रिकेटको नाममा शक्ति प्रदर्शनको छनक गरेझैं देखिन्थ्यो। राखेप र सरकारले नेपाली क्रिकेटलाई गलत बाटोमा डोर्‍याइरहेको उनीहरुको दाबी थियो।
 
महासचिव अशोकनाथ प्याकुरेलले राखेपले तदर्थ समिति, समन्वय समिति र आइसिसीको सहयोगमा सल्लाहकार समिति निर्माण गरेर नेपाली क्रिकेटलाई लथालिंग पारेको आरोप लगाए। ‘एक वर्षभित्र नेपाली क्रिकेट के भयो, कता गयो कसैलाई थाहा छैन। आन्तरिक विवादमै रुमल्लिरहह्यो,’ उनले भने, ‘राखेपले हामीलाई दोष लगाउला, हामीले राखेपलाई दोष लगाउला। तर यो दशेको क्रिकेट कसले सञ्चालन गरिरहेको छ, कसैलाई थाहा छैन। यसको जिम्मेवारी कसले लिने?’
 
महासचिव अशोकनाथ प्याकुरेलले सभामा यस्तो भने-

"हामीलाई काम गर्न पनि दिइएन, हाम्रो खाता पनि रोक्का गरियो।  गत वर्ष ९० प्रतिशत सदस्यको समर्थनमा निर्वाचन गरेर नयाँ कमिटी बनायौं तर हामीलाई राखेपले मान्यता दिएन।
 
हामीले पनि यो एक वर्षमा केही गर्न सकेनौं, आफ्नो अस्तित्व खोजिरह्यौं। अदालतमा लडिरह्यौं, आइसिसीसँग पनि संघर्ष गरिरह्यौं।
 
काम गर्न चुनिएको समितिलाई काम गर्न नदिने। अनि क्रिकेट कसले कता लगिरहेको छ भनेर पनि जवाफ नदिने? विशेषगरी राखेप र खेलकुद मन्त्रालयको यो प्रश्न हो।
 
अब जवाफ चाहिन्छ- कहाँ गइरहेको छ नेपाली क्रिकेट? राखेपले मात्र यसको जिम्मा लिने हो भने पनि हामी खुसी हुन्छौं। यदि कसैले सम्हाल्न सक्दैन भने यसको जिम्मा पनि नलिनुस्।
 
नेपाली क्रिकेटमा काम नभएको कमिटी नभएर होइन, धेरै कमिटी भएर हो। कहिले समन्वय समिति त कहिले सल्लाहकार, कहिले तदर्थ। यहाँ जानीबुझी भद्रगोल बनाइएको जस्तो देखिन्छ।
 
आइसिसीले सल्लाहकार समिति बनाएको छ। तर नेपाली क्रिकेटमा गर्ने त्यसले होइन, यहाँकै कमिटीले हो। यसरी साधारणसभा गर्ने सुप्रिम पावरफुल बडीलाई बाइपास गर्छ भने आइसिसी भ्रममा छ। आइसिसीले जहाँ, जहिले, जे मन लाग्यो त्यही, अरु स्टेक होल्डरलाई जे मन लाग्यो त्यो गर्न पाउँदैन र गर्ने छुट पनि छैन। पद्धति र विधिलाई मजबुत पार्दै नेपाली क्रिकेटलाई विकास गर्न हामी लागिरहेका छौं।"

गत वर्ष मंसिरमा क्यानकै एकपक्षले साधारणसभा गर्दै चतुरबहादुर चन्दलाई अध्यक्ष चुनेको थियो। तर राखेप र क्यानकै तत्कालीन अध्यक्ष टंक आङबुहाङले भने उक्त चुनाव बहिष्कार गरेको थियो।
 
राखेपले उक्त क्यानलाई अवैधानिक भन्दै मान्यता दिएको थिएन

गत वर्षकै पुसमा राखेपले नेपाली क्रिकेटको सबै कार्यभार सम्हाल्न क्यानकी सिइओ भावना घिमिरेलाई पत्र पठाएको थियो। पुसको अन्त्यमा रमेश सिलवालको संयोकत्वमा राखेपले क्यानको तदर्थ समिति बनाएको थियो।

यस्तै खाले विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले २०७३ वैशाख १३ गते क्यानलाई निलम्बन गर्दै आइसिसीबाट आउने फण्ड बन्द गरेको थियो।
 
तर, नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न भने छुट दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell