PahiloPost

May 14, 2025 | १ जेठ २०८२

तिवारी हत्याकाण्ड : मोटरसाइकल भेटिएपछि अनुसन्धानका लागि तीन जना पक्राउ



पहिलोपोस्ट

तिवारी हत्याकाण्ड : मोटरसाइकल भेटिएपछि अनुसन्धानका लागि तीन जना पक्राउ

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको अनुसन्धान गर्न प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
 
तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल भेटेपछि मोटरसाइकल धनी लगायत तीन जनालाई नियन्त्रण्मा लिएको डिएसपी बेलबहादुर पाण्डेले बताए। अनुसन्धानको क्रममा नै रहेकाले पक्राउ परेकाको नाम खुलाइएको छैन। नियन्त्रणमा लिइएकाहरु रुपन्देहीकै र मनोज पुन समूहमा संलग्न भएको बुझिएको छ।
 
हत्यामा प्रयोग भएको बा ५१ प ८०७३ नम्बरको रातो १५० सिसीको पल्सर बाइक घटनास्थलभन्दा दक्षिणतर्फ करिब ३ किलोमिटरको दुरीमा फेला परेको थियो। इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मरासिनीका अनुसार मणिग्राम कान्छीबजारमा लडिरहेको अवस्थामा बाइक फेला परेको हो।
 
पल्सरमा आएका २ जनाले तिवारीलाई गोली हानेर फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell