PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​सातौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफ र मध्यमाञ्चल विजयी



पहिलोपोस्ट

सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको मंगलबार भएको खेलमा विभागिय टोली एपीएफ र मध्यमाञ्चल विजयी भएका छन्।
 
समूह 'क' मा लगातार दोस्रो जित हात पार्ने क्रममा एपीएफले सुदुरपश्चिमाञ्चललाई ४–१ ले हरायो।एपीएफका लागि खेलको ११ औं मिनेटमा रेखा पौडेल, २८ औं मिनेटमा तेजकुमारी गुरुङ, ३६ औं मिनेटमा अनिता केसी र ४७ औं मिनेटमा रञ्जना दर्जीले गोल गरेका थिए। 

सुदुरपश्चिाञ्चलका लागि हेमा चौधरीले १९ औं मिनेटमा गोल गरिन्। एपीएफकी अनिता केसी 'वुमन अफ दि म्याच' भइन्। एपीएफले पहिलो खेलमा पश्चिमाञ्चललाई हराएको थियो।
 
मंगलबारै भएको समूह ख को खेलमा 'वुमन अफ दि म्याच' रश्मी घिसिङले दुई गोल गरेपछि मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–० ले पराजीत गर्‌यो। रश्मीले २४ औ र २६ औं मिनेटमा गोल गरिन् भने मनिता थापामगरले ५० औं मिनेटमा एक गोल गरिन्। मध्यमाञ्चलले पहिलो खेलमा पूर्वाञ्चलसँग बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell