PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

निलम्वित क्यानको निर्वाचित कमिटीको साधारण सभा सम्पन्न : के के भयो निर्णय ?



पहिलोपोस्ट

निलम्वित क्यानको निर्वाचित कमिटीको साधारण सभा सम्पन्न : के के भयो निर्णय ?

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपाल क्रिकेट संघलाई निलम्वनमा राखेपनि निर्वाचित भनिएको चतुर बहादुर चन्द नेतृत्वको क्यानले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
 
मंगलबार राजधानीमा चन्दको टोलीले साधारण सभा सम्पन्न गर्दै निर्वाचित कार्य समितीलाई शसक्त बनाएर संस्थागत विकास गरी क्रिकेट खेल गतिविधी नियमित गर्न जोड दिएको छ।

यस्तै राष्ट्रिय खेलकुद परिषद् र आइसीसीलाई पूर्व निर्णय संशोधन गरी नेपालको क्रिकेट विकासमा निर्वाचित कमिटीलाई सहयोग गर्न अपिल गरिएको महासचिव अशोकनाथ प्याकुरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। 

साधारण सभाले विधानसम्मत गठन भएको कार्यसमितीलाई मान्यता दिलाउन र बदलिँदो परिस्थितीलाई समन्वय गर्ने कुरामा जोड दिएको थियो।

यसबाहेक क्यानको पूर्व कार्यवाहक अभ्यक्ष टिवि शाहको स्मृतीमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता गर्ने समेत निर्णय गरेको छ। प्रमुख कार्यलय संचालक सिओओको छुम्बी लामाको काम सन्तोष जनक नभएको भन्दै उनलाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ।

साधारण सभामा नेपाल क्रिकेट संघको विधान अनुसार कुल ९१ सदस्यमध्ये ८५ जनाको उपस्थित थियो। साधारण सभामा बोल्दै महासचिव प्याकुरेलले नेपाली क्रिकेटमा धेरै कमिटी भएर समस्या भएको र क्रिकेट कसले सञ्चालन गरिरहेको छ भन्ने नै थाहा नभएको बताए।

गत वर्ष राखेप र तत्कालिन अध्यक्ष समेतले बहिस्कार गरेको यस समितीलाई अवैधानिक भन्दै राखेपले मान्यता दिएको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell