PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

रसियाली राजदूतको हत्या छानबिनका लागि १८ सदस्यीय टोली टर्की पुग्यो



पहिलोपोस्ट

रसियाली राजदूतको हत्या छानबिनका लागि १८ सदस्यीय टोली टर्की पुग्यो

अङ्कारा (टर्की) : टर्कीका लागि रसियाली राजदूत एन्ड्रेई कार्लोभको हत्याबारे छानबिन गर्न रसियाको १८ सदस्यीय अनुसन्धान टोली अङ्कारा पुगेको छ। टर्कीसँग समन्वय गरी सो टोली अनुसन्धान गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 
रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ।
 
यसैबीच टर्कीले राजदूत कार्लोभको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मङ्गलबारसम्म सात जनालाई सुरक्षा नियन्त्रणमा लिएको छ। कार्लोभको पिठ्युमा २२ वर्षीय टर्कीका प्रहरी मेभलुट मर्ट एल्टिनटासले ९ राउण्ड गोली हानी सोमबार हत्या गरेका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell