PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

लक्ष्मी परियार मृत्यु घटनाबारे मानवअधिकार आयोगको स्थलगत अनुगमन



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले काभ्रेपलाञ्चोक सानो बाङ्थलीकी लक्ष्मी परियारको मृत्युको विषयमा स्थलगत अनुगमन गरेको छ।
 
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक अनुगमनबाट प्राप्त तथ्यअनुसार गत मङ्सिर २० गते परियारलाई स्थानीय चार जनाको संलग्नतामा भनाभन र गालीगलौज पश्चात् कुटपिट गरिएको, बोक्सीसमेत भनी निजलाई स्थानीय श्री सूर्योदय माविको चौरको खम्बामा बाँधी मुखमा मलमुत्र समेत दल्ने, खुवाउने जस्तो निकृष्टतम दुर्व्यवहारसमेत भएको पाइएको छ।’
 
मृतकको तर्फबाट प्रहरी कार्यालयमा उजुरी नपरेको हुँदा आयोगले सो सम्बन्धमा प्रहरी ऐनअनुरुप अनुसन्धान गर्न प्रहरीलाई यसअघि नै निर्देशन दिएको जनाएको छ।
 
प्रहरीले प्रारम्भिक अनुसन्धानमा आरोपित चारजनालाई न्यायिक हिरासतमा राखेको तथा आयोगले उक्त घटनाको अनुसन्धान प्रक्रियाकोसमेत अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
 
मृतक परियारको हत्यामा संलग्न दोषी उपर कानुनी कारबाही गर्न तथा नाबालक सन्तानको उचित संरक्षण र परिपुरणको समेत व्यवस्थाका लागि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
 

समयमै शव परीक्षण गर्न नदिने वा शव परीक्षणको उपयुक्त व्यवस्था हुन नसक्दा अनुसन्धान प्रक्रिया तथा प्रमाण सङ्कलनमा प्रभाव पर्नसक्ने भएकाले कुनै पनि शंकास्पद र विवादास्पद मृत्युको घटनाको सम्बन्धमा तत्काल शव परीक्षणको व्यवस्था मिलाउन समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell