PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

राजधानीका भित्री रुटमा अब ४० बस थपिँदै, महानगर यातायातको यस्तो छ तयारी



पहिलोपोस्ट

राजधानीका भित्री रुटमा अब ४० बस थपिँदै, महानगर यातायातको यस्तो छ तयारी

काठमाडौँ : काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ। थप ४० वटा ठूला सिटी बस भित्र्याउने प्रालिको तयारी छ।
 
यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको प्रालिका अध्यक्ष मधुसुदन अधिकारीले बताए।
 
महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चाबहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्क सम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्नेछ। यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने अधिकारीले बताए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell