PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​खेलाडी अनुबन्ध प्रकरण : रियलको प्रतिबन्ध घट्यो, एथ्लेटिकोको भने यथावत



पहिलोपोस्ट

​खेलाडी अनुबन्ध प्रकरण : रियलको प्रतिबन्ध घट्यो, एथ्लेटिकोको भने यथावत

रियल मड्रिडमाथि लागेको खेलाडी अनुबन्धन प्रतिवन्ध अवधि एक सिजनमा घटाइएको छ।

यसअघि फिफाले दुई सिजनका लागि खेलाडी अनुबन्ध गर्नबाट रोक लगाएपछि रियलले कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गरेको थियो। जस अनुसार कासले रियलको प्रतिबन्ध घटाएको हो। 

रियलले यस सिजनको जनवरी विन्डोमा खेलाडी किन्न पाउनेछैन तर आगामी समरमा भने अनुबन्ध गर्न सक्नेछ। 

यस्तै रियलमाथि लगाइएको जरिवाना पनि घटाइएको छ। यसअघि ३ लाख ६० हजार स्वीस फ्रान्क जरिवाना लगाइएकोमा अब २ लाख ४० हजारमा झारिएको छ। 

१८ वर्षभन्दा कमका विदेशी खेलाडी अनुबन्ध गर्दा नियम मिचेको भन्दै रियल र एथ्लेटिको मड्रिडलाई फिफाले खेलाडी अनुबन्ध गर्नबाट रोकको थियो। तर एथ्लेटिकोको प्रतिबन्ध र जरविानाको बारेमा भने कुनै निर्णय भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell