PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

भाषा आयोगले तयार पार्‍यो विज्ञको समूह, ९ जनामा कोको परे?



पहिलोपोस्ट

भाषा आयोगले तयार पार्‍यो विज्ञको समूह, ९ जनामा कोको परे?

काठमाडौँ : भाषा आयोगले आफ्ना काममा सहयोग लिन विज्ञहरुको एक समूह गठन गरेको छ।
 
आयोगले सो समूहमा वैरागी काइँला (तिलविक्रम नेम्वाङ), प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा चूडामणि बन्धु, प्राडा नोवलकिशोर राई, प्राडा माधवप्रसाद पोखरेल, प्राडा तेजरत्न कंसाकार, प्राडा जीवेन्द्रदेव गिरी, प्राडा दानराज रेग्मी र प्राडा रुद्रलक्ष्मी श्रेष्ठलाई राखेको छ।
 
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा क्षेत्रमा लामो समयसम्म योगदान दिएका विज्ञहरुहरुको समूहले अध्ययन र विश्लेषण गरी सुझाव दिने बताए।
 
संविधानबमोजिम गठित आयोगले मुलुकमा सरकारी कामकाजका लागि भाषाहरुको मानक तयार गर्नेछ। आयोगका सदस्यहरु भने नियुक्त हुन बाँकी छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell