PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

बानेश्वरमा बाइक र ट्रकको ठक्करबाट बालकको मृत्यु, बसले किच्दा ६० वर्षीय वृद्ध रहेनन्



पहिलोपोस्ट

बानेश्वरमा बाइक र ट्रकको ठक्करबाट बालकको मृत्यु, बसले किच्दा ६० वर्षीय वृद्ध रहेनन्

काठमाडौं : बानेश्वरमा मोटरसाइकल र मिनी ट्रकले एकैसाथ ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
 
मृत्यु हुनेमा ओखलढुङ्गा घर भई हाल काठमाडौं थापागाउँ बस्ने १४ वर्षीय सुमन राई रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा निजामती अस्पताल मीनभवनमा मंगलबार बेलुकी मृत्यु भएको हो। घाइते बर्दियाका दिपेश थारु र अनिल थारुको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
 
बा ७३ प ७४४२ नम्बरको मोटरसाइकल र नम्बर खुल्न नसकेको मिनी ट्रकले हिँडिरहेका थारुद्वय र राईलाई एकैसाथ ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने मिनी ट्रक सहित ट्रक चालक फरार छन्।
 
यस्तै, बसले किचेर आज बिहानै कञ्चनपुरको भीमदत्तनगरमा एक वृद्धको मृत्यु भएको छ।
 
बसपार्कतर्फ आइरहेको ना ३ ख ७६९४ नम्बरको बसले चम्मन चोकमा किच्दा बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 
दुर्घटनापछि फरार रहेका चालकको प्रहरीले खोजी कार्य थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell