PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

लोकमानका वकिल 'निको' भए, मुद्दाको सुनुवाइ भोलिदेखि सर्वोच्चमा



पहिलोपोस्ट

लोकमानका वकिल 'निको' भए, मुद्दाको सुनुवाइ भोलिदेखि सर्वोच्चमा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको सुनुवाइ बिहीबारदेखि हुँदै छ।
 
यसअघि नै न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले मुद्दाको लगातार सनुवाइ गर्ने आदेश गरिसकेको छ।
 
गत मंसिर १६ गतेका लागि तय भएको कार्कीको मुद्दाको पेशी उनका तर्फबाट नियुक्त वकिल वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण स्थगित भएको थियो। लगत्तै इजालासले पुस ७ गतेदेखि 'पेशी हटाउन नपाउने गरी सुनुवाइमा उपस्थति हुन' विपक्षीको नाममा आदेश गरेको थियो।
 
कार्की विरुद्धका छ वटा मुद्दा पूर्ण इजलासमा रहेका छन्। गत ३१ भदौमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिको मुद्दा पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा रहेका छन्। कार्की नियुक्तिको मुद्दासँगै निलम्बनपछि उनको सेवा सुविधा खोस्न दायर मुद्दा समेत एकसाथ सनुवाइ हुनेछ। त्यस्तै कार्कीको मुद्दा पुनरावलोकनको बेला म्याद तामेलीमा अवरोधको विषय समेत सोही इजलासबाट टुङ्गोमा पुग्नेछ।
 
सर्वोच्चले कार्कीको मुद्दाको शाही आयोगमा भएको जस्तो दैनिक रुपमा पेशी तोकेर सुनुवाइ नगर्ने स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell