PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

स्थानीय निर्वाचन विवाद : सर्वोच्चले डाक्यो एमिकस क्युरी



रमेश वाग्ले

काठमाडौं : स्थानीय तह वा स्थानीय निकायको चुनाव भन्ने संबैधानिक जटिलता बढेपछि सर्बोच्च अदालतले एमिकस क्युरीको सहायता मागेको छ। 
अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले हालेको स्थानीय तहको निर्माण गरी संरचना पुरा गर्न धेरै समय लाग्ने भन्दै संबैधानिक जटिलता फूकाउन तत्काल स्थानीय निकाय चुनावका लागि परामादेश माग गरिएको रिटमा आज न्यायाधिशद्वय चोलेन्द्रशमशेर जवरा र हरिकृष्ण कार्कीको संयुक्त इजलालसले एमिकस क्युरी माग गेको हो। 

गत बैशाखमा अधिवक्ता ज्ञवालीसहितका अधिवक्ताहरु लिलाधर उपाध्याय, बिजया गौतम, सशीकुमार कार्की लगायतले स्थानीय तहको संरचना निर्माण नहुँदासम्म स्थानीय सरकारको काम गर्नका लागि अन्तरिम स्थानीय निकाय चुनावको परमादेश माग गर्दै लागि रिट दायर गरेका थिए।

संविधानको धारा ३०३ को उपधारा १, २ र ३ को व्याख्या र संबैधानिक आवश्यकतालाई आधार बनाएर दायर रिटमा सर्बोच्चले संबैधानिक बहस र व्याख्या आवश्यक भएको भन्दै एमिकस क्युरी बोलाएको हो।

एमिकस क्युरीका लागि नेपाल बार एसोशिएसनसँग तीनजना र सर्बोच्च अदालत बार एसोशिएसनसँग तीन जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता माग गरेको छ।

सर्बोच्चले गम्भीर सार्वजनिक सरोकारका विषय र संबैधानिक जटिलता फूकाउन सुझाव लिन सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell