PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

काठमाडौंमा किम्फ जस्तै पोखरामा पिम्फ सुरु



पहिलोपोस्ट

काठमाडौंमा किम्फ जस्तै पोखरामा पिम्फ सुरु

पोखरा : पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पिम्फ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा सभागृहमा तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाललगायत २२ देशका ५२ वटा चलचित्र देखाइनेछ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको विषयलाई केन्द्रित गरी बनाइएको वृत्तचित्र ‘बारपाक’बाट महोत्सवको शुभारम्भ गरी जुम्लाको सिञ्जा क्षेत्रको एउटा गाउँको बारेमा बनाइएको वृत्तचित्र देखाई समापन गरिनेछ। पर्यटनविद् झलक थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए।

पोखरा फिल्म सोसाइटीको आयोजनामा भएको सो महोत्सवअन्तर्गतका चलचित्र साँझ पोखराको बाराहीचोक, रामबजार र नयाँबजारको राममन्दिर अगाडि समेत प्रदर्शन गरिने सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले जानकारी दिए।

त्यस्तै यहाँ प्रदर्शनमा उत्कृष्ट ठहरिएका चलचित्र आगामी वैशाख महिनामा मनाङ, मुस्ताङ, घलेगाउँ र घान्द्रुकमा पनि प्रदर्शन गरिनेछ। पर्वतीय तथा हिमाली क्षेत्र आसपासको संस्कृति, आदिवासी जनजातीको जीवन, परम्परा, खेलकूद, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवद्र्धनमा चलचित्रबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्य चलचित्र महोत्सवको रहेको छ। रासस

यस्तो छ स्कृनिङ सेडुल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell