काठमाडौं : संविधान संशोधनको प्रस्तावसंगै प्रमुख दलविच दुरी बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाहले क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको आरोप लगाएका छन्। बुधबार अकस्मात विज्ञप्ती जारी गरेर उनले यो आफुलाई असैहृय बनिरहेको छ उल्लेख गरेका छन्।
मुल्य मान्यतामा आधारित राजनीति नहुनु शक्ति पृथकिकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको दावी गरेका छन् ।
उनले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको र नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको उल्लेखगर्दै विज्ञप्तीमा नेपाली बीचको समाजिक सद्भाव मेटिँदैछ गएको र तराई, पहाड र हिमाल माझको ऐक्यताको भावनालाई तोड्न प्रयत्न भइरहेको' दावी गरेका छन्।
नेपालकाे स्थायि सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि रहेको उल्लेख गर्दै शाहले बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायि सत्ताहरु हावी गराएको र स्थायि सत्ता र लौकिक सत्ता धुमिल पारिएको उल्लेख गरिएको छ।