PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

पटाका बजारमा विस्फोट हुँदा मेक्सिकोमा ३१ को मृत्यु



पहिलोपोस्ट

पटाका बजारमा विस्फोट हुँदा मेक्सिकोमा ३१ को मृत्यु

तुल्टेपेक (मेक्सिको): मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
 
मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो। तर पछि यो सङ्ख्या बढेर ३१ पुगेको हो।
 
घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि उनले बताए। स्थानीय समयानुसार मङ्गलबार अपराह्न २:५० बजे यो घटना भएको थियो।
 
दुर्घटनास्थलबाट २६ व्यक्तिको शव निकालिएको र पाँच व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सो सङ्ख्या ३१ पुगेको राज्यका गभर्नर इरुभिइल एभिलले बताएका छन्।
 
सङघीय प्रहरीका अनुसार यस घटनामा घाइते भएका ७२ व्यक्तिहरुलाई अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि राखिएको छ। तीमध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन्।
 
अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको संघर्षपछि सो आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell