PahiloPost

May 14, 2025 | १ जेठ २०८२

'तीतो सत्य' प्रसारणको तयारीमा दीपक



पहिलोपोस्ट

'तीतो सत्य' प्रसारणको तयारीमा दीपक

काठमाडौं: बन्द भएको टेलिश्रृङ्खला 'तीतो सत्य' पुन: प्रसारणमा आउने भएको छ। हास्यकलाकार दीपकराज गिरीका अनुसार टेलिश्रृङ्खला पुन: संचालनको तयारी गरिएको हो।

फिल्म छक्कापञ्जाको सय दिन कटेको उपलक्ष्यमा आयोजित 'कलाकार सम्मान' कार्यक्रममा उनले तीतो सत्य प्रसारणमा आउने जानकारी दिए पनि सिरियलमा आफू देखिने नदेखिने निश्चित नभएको बताए। उनले अप्रत्यक्ष रुपमा तीतो सत्यमा भूमिका निभाउने खुलाए।

'स्क्रिनमै देखिनु आवश्यक छ जस्तो लाग्दैन,' पहिलोपोस्टसँग कुरा गर्दै उनले भने, दर्शकलाई निराश भने बनाउँदैनौं।'

ललितपुरको श्रीकाली चौरमा आयोजित कार्यक्रममा फिल्म युनिटले हल व्यवसायी, फिल्मका कलाकार, क्रु र पत्रकारलाई सम्मान गरेको थियो।
टिमका तर्फबाट कदर पत्र हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरेका थिए।

सामाजिक संजालमा फिल्म प्रचारका लागि सहयोग पुर्‍याएको भन्दै 'दाह्री ग्याङ', 'मेमे नेपाल', 'रुटिन अफ नेपाल बन्द', 'एमआरआर' लगायत समूहलाई कदरपत्र दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell