बुटवलः जिल्ला प्रशासन कार्यालयले शहीद घोषण गर्न सिफारिस गर्ने निर्णय गरेपछी दुर्गा तिवारीको परिवारले शब बुझेका छन् । दुर्गाको परिवारले शब बुझेपछी उनको शबयात्रा गरिएको थियो ।
साँझ बुटवलमा शवयात्रा गरी अन्तिम संस्कारका लागी गृहनगर देवदह लगिएको छ । देवदशमा शोकसभा गरी उनको अन्त्यष्टी गरिने युवा संघले जानकारी दिएको छ ।
अज्ञात समुहले गोली हानी हत्या युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गाको हत्या गरेको थियो । दुर्गाको शव पोष्टमार्टमको लागि तिनदिनदेखि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको थियो । तिवारीको पोष्टमार्टमा पछि उनको पार्थिव शरिरलाई फुलमालाले सजाईएको गाडीमा राखि बुटवल बजारमा शव यात्रा गरिएको थियो ।
तिवारीको पार्थिव शरिरमा एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालले पार्टीको झण्डा र युवासंघका अध्यक्ष राजिव पहारीले युवासंघको झण्डा ओढाएका थिए ।
पुष्पलाल पार्कमा आयोजित शोकसभामा पौडेल, भुसाल र पहारीले सम्बोधन गर्दै हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग गरेका थिए ।
तस्विर शौजन्य : विकाश पराजुली