रसुवा : सशस्त्र प्रहरी बलले टिमुरेमा पाँच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको सुन सहित सशस्त्रले बीरेन लामालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रधान कार्यालयका अनुसार उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ७४५४ नम्बरको मोटरसाइकलमा शंका लागि जाँच गरेको थियो । जाँचकोक्रममा मोटरसाइकलको सिटमुनि लुकाएर राखेको अवस्थामा सुन फेला परेको थियो ।