PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेस पसेकी नक्कली हिसिला यमीकी सक्कली छोरी जसले न देउवा चिन्छिन् न वीपी



सविन ढकाल

कांग्रेस पसेकी नक्कली हिसिला यमीकी सक्कली छोरी जसले न देउवा चिन्छिन् न वीपी

बुधबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर १० जना कलाकारको समूहले पार्टी प्रवेश गर्‍यो। भर्खरै फिल्म क्षेत्रमा प्रवेश गरेकी होस्टल फिल्मकी नायिका रिस्ता बस्नेत पनि तीमध्ये एक थिइन्। अभिनेत्रीबाट नेतृ बन्न लागेकी रिस्तासँग राजनीतिमा आउनुको कारण हामीले सोध्यौँ। 

कलाकारिताबाट राजनितिमा लाग्नुभएछ, बधाई छ है...
हा...हा... धन्यवाद। 

राजनीति गर्न कांग्रेस पार्टी नै कि रोज्नुको कारण?
हा...हा... यो हुन्छ नि, सबै जना यसमै भन्ने भयो। यताउता बुझ्दा केही फाइदा पनि हुन्छ भन्ने लाग्यो। परिवार जस्तै लाग्यो। एक्लै  भएको फिल पनि हुँदैन भन्ने लागेर। मैले चिनेका सबै परिवारका सदस्यहरु ठूलोबुवा, ममी, ठूलोममी, कलाकारहरु सबै कांग्रेसमा नै भएर रोजेकी हुँ।

तपाईँलाई नेपाली कांग्रेसको नीति, विधिविधानको बारेमा कतिको थाहा छ?
त्यस्तो त धेरै केही थाहा छैन। धेरै पनि भएको छैन प्रस्ताव आएको। सुरुमा प्रवेश नगर्ने सोचमा थिएँ। आफन्त, परिवारले अहिले बुझ्दै गर पछि सबै बुझ्छौ भन्नुभयो अनि प्रवेश गरेकी मात्र हुँ।  केही फाइदा होला भनेर नै लागेको हो। 

राजनीतिमा लाग्दा फाइदा हुन्छ भन्नुभयो, तपाईंले भनेको कस्तो फाइदा कस्तो हो?
हैन हैन, फाइदा भनेर आजको भोलि नै त हुने होइन; यस्तो कुनै पनि कुरामा हुँदैन। पर्खनुपर्छ। आज बुझे अनुसार मलाई केही परिहाल्यो भने सबै छन्, सहयोग हुन्छ भन्ने लागेको हो। चलचित्र मेरो एउटा परिवार हो। कांग्रेस पार्टी अर्को परिवार। अहिले दुइटा परिवार पाएको जस्तो भएको छ। 

कांग्रेसको कोको नेता चिन्नुहुन्छ ?
हा.. हा.. खासै कोही पनि चिन्दिनँ। तर मलाई सानैदेखि कांग्रेस भन्नेबितिकै पोजेटिभ इम्प्याक्ट परेको छ। आफन्तहरु पहिलेदेखि नै चुनावमा कांग्रेस कांग्रेस भन्ने गरेकाले त्यसको छाप छ । 

त्यसो भए शेरबहादुर देउवा, रामचन्द्र पौडेललाई चिन्नुहुन्न त?
मलाई त्यस्तो केही पनि थाहा छैन। आज मेरो अपर्झट इन्ट्री भएको हो।

बिपी कोइरालाको नाम सुन्नुभएको छ त?
छैन छैन। पहिलेदेखि नै म राजनीतिमा इन्ट्रेस नराख्ने भएकोले थाहा छैन। बिस्तारै बुझ्दै जानेछु लर्निङ प्रोसेसमा छु। 

राजनीतिमा लागेर नेता, मन्त्री बन्ने सोच हो ?
त्यो त अब फ्युचरले भन्छ, अहिले उमेर पनि भएको छैन। पहिले हिरोइन बन्छु भन्ने पनि थिएन। अहिले हिरोइन भएँ। बिस्तारै राजनीति बुझ्दै जान्छु, ४/५ वर्षपछि भन्न सकिँदैन। 

राजनीतिमा कोको नेता चिन्नुहुन्छ?
खासै त चिन्दिनँ। तर मेरो ममी डुप्लिकेट हिसिला यमी भएकाले सक्कली हिसिला यमीलाई चिन्छु। 

अहिलेसम्म निर्वाचनमा भोट हाल्नुभएको छ कि छैन?
छैन..छैन... अहिलेसम्म छैन। (फोटो साभार : साइबर संसार)

अरु कोको कलाकार प्रवेश गरे कांग्रेसमा? पढ्नुस् : कलाकारमा राजनीतिको चस्का :हाेस्टलकी नायिका रिस्ताले लिइन् कांग्रेस सदस्यता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell