PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

१३ बन्दकर्ता प्रहरी नियन्त्रणमा : ढुक्क भएर सवारी चलाउन, बजार खुलाउन प्रहरीको आग्रह



पहिलोपोस्ट

१३ बन्दकर्ता प्रहरी नियन्त्रणमा : ढुक्क भएर सवारी चलाउन, बजार खुलाउन प्रहरीको आग्रह

काठमाडौं : जर्वजस्ती बन्द गराउँदै हिड्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौको रत्नपार्क, वसपार्क,  चावहिल, गौशाला लगायतका  क्षेत्रबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका निमित्त प्रमुख एसपी प्रधुम्म कार्कीले जानकारी दिए ।

राजधानीको अवस्था अहिले सामान्य रहेको प्रहरीको दावी छ । राजधानीमा बन्दको बेला हुन सक्ने सम्भावित घटनालाई रोक्न प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कार्कीका अनुसार राजधानीको सुरक्षा व्यवस्था कडा रहेकाले ढुक्क भएर सवारी चलाउन, बजार खुलाउन आग्रह गरे ।

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्यबुद्धिको विरोधमा विप्लवले बन्दको आव्हान गरेका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell